News

विधुत महशुल नबुझाउने ग्राहहरुको लाइन काटियाे

विधुत महशुल नबुझाउने ग्राहहरुको लाइन काटियाे
असोज १२ । नेपाल विधुत प्राधिकरणले विधुत महशुल नबुझाउने ग्राहहरुको लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ । करिब डेढ महिनाको अवधिमा ९ हजार १ सय ग्राहकको लाइन काटिएको हो । लाइन काटिएका ग्राहकबाट सल ३३ करोड ६८ लाख ६५ हजार १ सय ९८ रुपैयाँ ८३ पैसा बराबरको रकम उठ्न बाँकी रहेको छ । bijuli उर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि प्राधिकरणले समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काट्न शुरु गरेको हो । त्यस्तै, प्राधिकरणले हालसम्म ५ हजार ३ सय २० ग्राहकको लाइन जोडे वापत १४ करोड ८९ लाख ५१ हजार ३ सय ८२ रूपैयाँ ७२ पैसा बराबरको रकम असुली गरेको छ । असोज १० गते मात्र विराटनगर क्षेत्रका ३६, काठमाडौं क्षेत्रका ६, नेपालगञ्ज क्षेत्रका १९, पोखरा क्षेत्रका १६, हेटौडा क्षेत्रका १८, बुटवल क्षेत्रका ४३, जनकपुर क्षेत्रका २४ र अत्तरीया क्षेत्रका ८ गरि कुल १ सय ७० ओटा ग्राहकको लाइन काटिएको जानकारी दिएको छ ।

Bidhut Line katiyo mahasul

विशेष