News

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
असोज १२ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई प्रहरीले राजधानीको पेप्सीकोलाबाट पक्राउ गरेको छ । rape काठमाडौ महानगरपालिका-३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय अर्यालले सिन्धुपाल्चोक स्याउले-८ घर भई बुढानिलकण्ठ नगरपालिका-५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको बताइएको छ । बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागेको थियो । मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटकपटक करणी गरेको बताएकी छन् । फरार अर्याललाई भने प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको छ ।

balatkar balika Pakrau pepsicola

विशेष