News

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको उद्घाटन
असोज १२ । राष्ट्रपति विद्या भण्डारीले पोखरामा बुधबार बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालको उद्घाटन गरेकी छिन् । जापानको कोमागाने नगरसँग पोखराको भगिनी सम्बन्ध स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा बाटुलेचौर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरि २५ शैय्याको मातृशिशु मितेरी अस्पताल बनाइएको हो । bidhya-bhandariराष्ट्रपति भण्डारीले २०१३ सालमा दौत्य सम्बन्ध स्थापना भएको जापान नेपालको विकास साझेदार हितैषी भएको बताइन । समारोहलाई सम्बोधन गर्दै उनले भनिन् ‘दुई देशका नगरबीचको भगिनी सम्बन्धको दरिलो चिनो मातृशिशु अस्पताल भएको देख्न पाउनु हर्षको कुरा भएको छ । यसको दिगो सञ्चालनले मातृशिशु स्वास्थ्यका क्षेत्रमा काम गर्नेछ ।’ १२ करोडको लागतमा निर्मित भौतिक संरचना र करीब ४ करोडका सामाग्री रहेको उक्त अस्पताल नियमित सञ्चालनका लागि सरकारलाई हस्तान्तरण गरिने सञ्चालक समिति अध्यक्ष कृष्ण थापाले बताए । उनले भने, ‘यसको स्थापनामा कोमानागे र पोखरा उपमहानगरपालिकासँगै स्थानीयबासीको पनि योगदान छ । यो धरोहरको नियमित सञ्चालन र व्यवस्थापनका लागि हामी सरकारलाई हस्तान्तरण गर्न चाहन्छौं ।’ कार्यक्रममा अस्पतालको स्तरोन्नतिमा सघाउने पूर्वस्वास्थ्यमन्त्री तथा एमाले नेता खगराज अधिकारी र अस्पतालमा स्वयंसेवा गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जापानी सहयोगीलाई सम्मान गरिएको थियो । बाटुलेचौर स्वास्थ्यचौकीलाई अस्पतालमा रुपान्तरण गर्ने निर्णय अधिकारी मन्त्री छँदा २०७२ असोजमा मन्त्रीपरिषदले गरेको थियो । त्यसपछि भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको हो । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री अधिकारी, नेपालका लागि जापानका राजदुत मासासी ओगावा, जापानी सहयोग नियोग जाइका प्रमुख जुन सकुमा र कोमानागे नगर प्रमुख कोजी सुगिमोतो लगायतले आफ्नो भनाइ राखेका थिए ।

bidhya bhandaria Hopital udghatan

विशेष