News

ग्यास लिक भएर आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति

ग्यास लिक भएर आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति
असोज - १२ । धरान बजारमा बुधबार अपरान्ह आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ । aago बुढासुब्बा फ्रेसहाउसबाट ग्यास लिक भएपछि सुरु भएको आगलागीबाट ६ ओटा पसल जलेका छन् । पसल र त्यहाँ रहेका सामग्री जल्दा करिव ५० लाख रुपैयाँ क्षतिको अनुमान गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । करिब ४ बजेतिर लागेको आगो स्थानीयबासी, जनपथ प्रहरीका साथै धरान उपमहानगरपालिका, इटहरी उपमहानगर र इनरुवा नगरपालिकाको बारुण यन्त्रको सहयोगमा एकघण्टा पछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस ठाउँमा अधिकांश मासु पसलहरु थिए । किशोर श्रेष्ठ, अरुणा बास्तोला, राजेश श्रेष्ठ, र भूपालमान शाक्यको कुखुरा र बंगुरको मासु पसल जलेको स्थानीय रमेश राईले बताए ।

agolagi Dharan

विशेष