अर्थ ताजा खबर News

नेपाल टेलिकमले अप्टिकल फाइबर जडान गर्ने

नेपाल टेलिकमले अप्टिकल फाइबर जडान गर्ने

telicom असोज १३ । नेपाल टेलिकमले मध्यपहाडी मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्ने भएको छ । सो सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् २ बर्षभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको सो कार्यका लागि करिब ४ खर्ब ८८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्झौतामा पाँचथरको चिसो भञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको २ हजार ३ सय ७६ किलोमिटर क्षेत्रमा उच्च क्षमताको ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सञ्चालन र मर्मत गर्ने उल्लेख छ ।

nepal telicome

विशेष