खेल ताजा खबर News

थ्रीस्टार क्बल बार्डोलाई ट्रफी फुटबलको फाइनलमा प्रवेश

थ्रीस्टार क्बल बार्डोलाई ट्रफी फुटबलको फाइनलमा प्रवेश

threestar

असोज १३ । थ्रीस्टार क्लव भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतको युनाइटेड सिक्किम फुटबल क्लवलाई अतिरिक्त समयमा ४–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धाति ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दोस्रो हाफमा थ्रीस्टारले खेलमा उत्कृष्ट पुनरागमन गर्याे । असिमजंग कार्कीको स्थानमा विजय गुरुङलाई मैदान छिराउने प्रशिक्षक मेघराज केसीको रणनीति सफल भयो । ६८ औ मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई समेत विट गर्दै थ्रीस्टारको खाता खोले ।

जित नजिक पुगेको थ्रीस्टारको डिफेन्स लाइनको गल्तिको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए । खेल सुरु भएको पाँचौ मिनेटमा मार्टिनले पुन थ्रीस्टारलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसेकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल वलको क्रसलाई उपयोग गर्दै विजय गूरुङले थ्रीस्टारका लागि चौथो गोल थपे ।

ThreeStar

विशेष