सुडानमा रसायनिक हतियार प्रयोग

असोज १३ । सुडानको डार्फरमा जारी द्वन्द्वका क्रममा सरकारी पक्षबाट रसायनीक हतियार प्रयोग भएको मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेश्नलले जनाएको छ । प्रतिवन्धित रसायनिक हतियारको प्रयोगबाट हालसम्म २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको एम्नेष्टीको दाबी छ ।
डार्फरमा सरकार र बिद्रोहीबीच १३ बर्षयता द्वन्द्व जारी छ । डार्फरको ग्रामीण क्षेत्रमा आठ महिनासम्म गरेको अध्ययनबाट बलात्कार, हत्या तथा बम बिस्फोट जस्ता क्रुर घटना जारी रहेको पाइएको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । डार्फरमा त्यहाँको सरकारले बिद्रोही सुडान लिबरेशन आर्मीविरुद्ध कारवाही जारी राखेको छ ।
Civil War in Sudan