ताजा खबर विदेश News

मिस युनिभर्सलाई ‘मिस सुँगुर’ भनेपछि अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्प विवादमा

मिस युनिभर्सलाई ‘मिस सुँगुर’ भनेपछि अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्प विवादमा

alicia-machado_0 असोज १३ । १९ वर्षको उमेरमा मिस युनिभर्सको उपाधि जितेपछि एलिसिया माचोडोले सन् १९९६ मा एककाएक अन्तर्राष्ट्रिय ख्याति कमाउन पुगिन । २० वर्षपटि अहिले उनी फेरि समाचारको शीर्षक बनेकी छन् । उनले आफुलाई डोनाल्ड ट्रम्पले त्यतिबेला मिस पिग्गी भनेर गिज्याएको बताएकी छन् । अहिले चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार ट्रम्पको स्वामित्वमा उक्त सुन्दरी प्रतियोगिता सञ्चालन हुन्थ्यो ।

भेनेजुएलामा जन्मिएकी मोडल माचाडो उपाधि जितेपछि आफू मोटाउदा ट्रम्पले त्यस्तो भनेको बताएकी छन् । उनले ट्रम्पलाई यस्तो आरोपसम्म लगाउने गरेकी छन् ।

यिनी यस्ता व्यक्ति हुन जसले मानिसलाई सुगुँर, बाइफाले र कुकुर भनेका छन् । उनी ती व्यक्ति हुन जसले महिला गर्भाधारणको अवस्थालाई कामदारको असुविधा भनेका छन् । उनले पुरुष सरह महिलालाई पारिश्रमिक दिनुहुन्न समेत भनेका छन् ।

Alicia Donald Trumnp

विशेष