ताजा खबर विदेश News

अमेरिकाको स्कुलमा गोलाबारी

अमेरिकाको स्कुलमा गोलाबारी

usa

असोज १३ । अमेरिकाको दक्षिणी राज्य कैरोलिनास्थित एक प्राथमिक विद्यालयमा गोलाबारी हुँदा दुईजना स्कुले बालकसहित एक शिक्षक घाइते भएका छन् । प्रहरीले सन्दिग्ध आक्रमणलाई नियन्त्रण लिएको छ भने अन्य बालबालिका सुरक्षित रहेको बीबीसीले जनाएको छ । घटना पश्चात स्कुलका सम्पूर्ण बालबालिकालाई नजिकैको चर्चमा लगिएको छ ।

घटना स्थानीय समयअनुसार दिनको एक बजे टाउन वेल स्कुलका भएको थियो। उक्त स्कुलमा २८६ बालकहरु पढ्ने गरेको जनाइएको छ। दुबैजना घाइते बालकहरुलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो। सरकारी अधिकारीहरुका अनुसार घाइते बालकहरु सहित शिक्षकको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

USa

विशेष