News

एक शंकास्पद गाडी भेटियो : विनोदप्रकाश सिंह

एक शंकास्पद गाडी भेटियो : विनोदप्रकाश सिंह
madav-ghimire असाेज १३ । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको शंकास्पद गाडी फेला पारेको छ । दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०–१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपालआजलाई बताएका छन् । उनले भने ‘दुर्घटनास्थल भन्दा करिब १५ मिटर तल पानीमा डुबेको अवस्थामा गाडी हुकमा अड्किएको छ,  तर त्यो गाडी घिमिरेको हो वा होइन भन्ने एकिन छैन ।' यसअघि सोही स्थानबाट मालबहाक ट्रक खसेको थियो । उक्त ट्रक फेला पार्न सकिएको छैन । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल थियो ।

Madav Ghimire

विशेष