विदेश

'भारतसँग पाकिस्तान भिड्न तयार छ' - नवाज सरिफ

'भारतसँग पाकिस्तान भिड्न तयार छ' -  नवाज सरिफ
असोज १३ । भारतसँगका युद्धको तयारीमा रहेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै पनि आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन् । nawaf-sarif बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग लिएपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शरिफले जस्तो सुकै परिस्थितिको समना गर्न पाकिस्तान तयार रहेको बताएका हुन् । सो बैठकमा सेना प्रमुख राहिल शरिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार नासिर जाँजुआ र विदेश सचिव एजाज चौधरी सहभागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानी रेडियोका अनुसार बैठकमा भारतीय क्षेत्र कस्मिरमा भएको मानव अधिकारको हननप्रति चिन्ता जनाइएको थियो । बैठकले भारतीय सुरक्षा बलले कस्रिम क्षेत्रमा बर्बता प्रदर्शन गरेको निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शरिफले भने,‘ विश्व समुदाय यो कुराको साक्षी छ पाकिस्तान विश्व शान्तिकालागि जबर्जस्ती त्याग गरिरहेको छ। हामीलाई उत्तेजित बनाउन प्रयास गरेपनि पाकिस्तानले अभूतपूर्व संयमता अपनाएको छ ।’ उनले सिन्धु जल सम्झौता भारत–पाकिस्तानबीच परस्पर सहमतिमा गरिएको र यसको मध्यस्थता विश्व बैंकले गरेको भन्दै शरिफले कुनै पनि देश सो सम्झौताबाट एकतर्फी रुपमा अलग हुन नसक्ने बताए। उनले पाकिस्तान शान्तिपूण दक्षिण एसियाकालागि संघर्ष जारी राख्ने बताए । ‘पाकिस्तान कस्मिरी जनतालाई नैतिक र कुटनीतिक समर्थन दिन त्यतिबेलासम्म जारी राख्छ, जतिबेलासम्म कश्मिरका जनताको आकांक्षा अनुसार कश्रिम समस्याको समाधान हुँदैन,’ उनले भने। सो बैठकमा राष्ट्रिय तथा क्षेत्रीय सुरक्षासँग जोडिएका अन्य विषयमा समिक्षा गरिएको थियो। पाकिस्तानी सीमानाको सुरक्षार्थ सुरक्षा बललाई तैनाथ राख्ने निर्णय बैठकले गरेको छ ।

India Nawaj Sarif Pakistan Youdda

विशेष