विदेश

भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, २ को मृत्यु

भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, २ को मृत्यु
असोज १३ । कश्मिरको उरीमा १८ जना भारतीय सैनिक मारिने गरी भएको आक्रमणपछि तनाव बढिरहेका बेला भारतीय र पाकिस्तानी सैनिकबीच गोली हानाहान भएको छ । army जम्मु–कश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा बिहीबार बिहान भएको गोली हानाहानमा दुईजना पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणका अनुसार बुधबार राति भारतीय सैनिकसँग भएको भिडन्तका क्रममा दुईजना सैनिक मारिएको पुष्टि पाकिस्तानको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले गरेको हो । भारतीय पक्षले एलओसीमा पाकिस्तानी पक्षले युद्धविराम तोड्दै पहिलो गोली चलाएको दाबी गरेको छ । उता पाकिस्तानले भारतीय पक्षले अचानक गोली चलाउँदा आफ्ना दुई सैनिक मारिएको जनाएको छ । सन् २००३ देखि एलओसीमा जारी युद्धविरामका क्रममा दुई देशबीच पटक पटक गोलाबारी हुँदै आएको छ । यस क्रममा दुई देशले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाउँदै आएका छन् । जम्मु–कश्मिरस्थित लाइन अफ कन्ट्रोलमा तनाव बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बोलाएका छन् । भारतीय सञ्चारमाध्यमले स्रोतलाई उधृत गर्दै बिहीवार प्रकाशित गरेको समाचार अनुसार यो बैठकबाट भारतले एलओसीमा जारी युद्धविराम भंग गर्ने तयारी गरेको छ । १८ सेप्टेम्बरमा कश्मिरको उरीमा १८ जना सैनिकको ज्यान जाने गरी भएको आक्रमणको दोष भारतले पाकिस्तानमाथि लगाएको छ ।

army Death India Kasmir Pakistan uri

विशेष