News

पूर्वमन्त्री घिमिरेको जिप खोज्दा पहिले नै हराएको ट्रक भेटिएको अनुमान, बढी वजनको वस्तु तान्ने मेसिन प्रयोग गर्ने तयारीमा सेना (भिडियोसहित)

पूर्वमन्त्री घिमिरेको जिप खोज्दा पहिले नै हराएको ट्रक भेटिएको अनुमान, बढी वजनको वस्तु तान्ने मेसिन प्रयोग गर्ने तयारीमा सेना (भिडियोसहित)

bअसोज १३ । गत आइतबार पृथ्वीराजमार्ग अन्तर्गत चितवनको घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको पूर्वमन्त्री माधवप्रसाद घिमिरेको जिप फेला परेको खबर हल्ला मात्रै भएको नेपाली सेनाले जनाएको छ ।

सो हल्लाबारे स्पष्ट पार्दै नेपाली सेना देवीदत्त गणका क्याप्टेन भरतबहादुर बुढाथोकीले भने, ‘हामीले प्रयास गरिरहेका छौं । अहिले फेला अड्किएको हुक भने भदौ २४ मा हराएको ट्रकको हो भन्ने लागेको छ ।’

सेनाले फालेको मध्ये दुईवटा हुक पानीमुनी अड्किएको थियो । त्यो मध्ये एउटाको लठ्ठा नै चूँडिएको छ । अर्को हुकले वजन धान्न नसकेर नै बांगिएर आएको छ । क्याप्टेन बुढाथोकीले भने, ‘बांगिएर आएको हुकमा पाइपको डाम बसेको छ । निलो रङ हुकमा लागेको छ । यसकारण त्यो ट्रक हो कि भन्ने हाम्रो अनुमान हो । ’

हुक अड्किएर तान्दा लठ्ठा  चूँडिएपछि वेल्डिङ गर्न पठाइएको छ ।  बढी वजनको बस्तु तान्ने थप क्षमताको यन्त्र ‘रिकभरी’ नेपाली सेनाले प्रयोग गर्ने तयारी गरेको छ ।

गत आइतबार पूर्वमन्त्री माधवप्रसाद घिमिरेको जिप त्रिशुलीमा खसेको थियो । जिपमा पूर्वमन्त्री घिमिरे उनका भाई प्रकाश र मोहन पनि अझै बेपत्ता भइरहेका छन् । घटनामा घिमिरेकी आमा, अंगरक्षक, एक आफन्तको निधन भइसकेको छ ।

भिडियो सौजन्य : नेपाली सेना ।

Bharat Bhadur Budhathoki Car Accident Harayo Madhav Prasad Ghimire Nepali army Trisuli River

विशेष