News

छुट्टाछुट्टै स्थानमा ३ को शव फेला

छुट्टाछुट्टै स्थानमा ३ को शव फेला
असोज - १३ । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ पाखाचोकस्थित बागमती खोलाको किनारमा बुधबार एक जना पुरुषको शव फेला परेको छ । पाल्पा घर भई हाल किर्तिपुर नगरपालिका–१४ टौदह बस्ने ३७ वर्षीय पुर्णबहादुर मगर मृत अवस्थामा फेला परेका छन् । death-main ताप्लेजुङ फुलबारी–२ डाँडाटोल बस्ने ६० वर्षीय खडगबहादुर श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट ५ सय मिटर पश्चिम बारीमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । त्यस्तै सिराहा नगरपालिका–१५ सुखचैनास्थित दशगजाको पिलर नम्बर २६५ को पिलर भन्दा १ सय मिटर नेपालतर्फ धानको खेतमा बुधबार एक महिलाको शव फेला परेको हो । नाम, थर, वतन नखुलेको करीब १५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी प्रहरीको दैनिक बुलेटिनमा उल्लेख छ ।

mirtue

विशेष