विदेश

राष्ट्रपति अाेबामाकाे 'भिटाे' प्रस्ताव स‌ंसदद्वारा अस्वीकार

राष्ट्रपति अाेबामाकाे 'भिटाे' प्रस्ताव स‌ंसदद्वारा अस्वीकार
असोज - १३ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएका आतंकवादी हमलाका पीडित परिवारहरुले साउदी सरकारविरुद्ध मुद्दा चलाउन मिल्ने एउटा विधेयक अमेरिकी संसदले पारित गरेपछि राष्ट्रपति बराक ओबामाले त्यसलाई डरलाग्दो नजिर भन्दै चिन्ता जनाएका छन् । far मुद्दा चलाउन नमिल्ने गरी ओबामाले, प्रस्तावित विधेयकउपर विशेषाधिकार ‘भिटो’ प्रयोग गरेका थिए, तर पछि त्यसलाई संसदले अस्वीकार गरेको हो। पछिल्लो कानुनका कारण अमेरिकी फौज तथा अधिकारीहरु पनि विदेशमा कानुनी कारबाहीको दायरा आउन सक्ने ओबामाले बताए। तर नयां कानुनका समर्थकहरुले कूटनीतिक असमञ्जस्यता भएपनि पीडित परिवारले न्याय खोज्न पाउनु महत्वपूर्ण भएको बताएका छन्। समर्थकमध्येका एक डेमोक्रयाटिक पार्टीका रिचर्ड ब्लुमेन्थलले भने,“यी परिवारले कहिले आफ्ना प्रियजन फिर्ता पाउने छैनन् । तर उनीहरु न्यायको हकदार छन्। त्यही भएर म राष्ट्रपतिको विशेषाधिकारविरुद्ध उभिएको हुँ ।” राष्ट्रपति ओबामाले भने ‘भिटो’ अस्वीकार गर्ने कदमलाई गल्ती भनेका छन् । राष्ट्रपति ओबामाको कार्यकालमा उनको ‘भिटो’ अस्वीकार गरिएको यो पहिलो घटना हो । अमेरिकी केन्द्रीय गुप्तचर निकाय सीआइएका निर्देशक जन ब्रेननले पछिल्लो कानुनले राष्ट्रिय सुरक्षामा गम्भीर असर निम्त्याउने बताएका छन् । - बिबिसी

America Barak Obama Vito

विशेष