News

राष्ट्रपति द्वारा फेवाताल सरसफाइको शुभारम्भ

राष्ट्रपति द्वारा फेवाताल सरसफाइको शुभारम्भ
असाेज - १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले  बिहीबार फेवाताल सरसफाइ अभियानको शुभारम्भ गरेकी छिन् ।
Krishna-mandir-bidhyadevi11
राष्ट्रपति भण्डारीले पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराएका हुन् । पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम गरिदै आएको छ । - रासस

bidhya bhandari Fewa Tal Pokhara

विशेष