News

राष्ट्र ऋण उठाउने विधेयक आज संसद्मा पेस गरिने

राष्ट्र ऋण उठाउने विधेयक आज संसद्मा पेस गरिने
असाेज १३ । सरकारले आर्थिक वर्ष २०७३-७४ को बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेटसँग आश्रित उक्त विधेयक आजै सदनमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । bicc   चालु बजेटको विनियोजन विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको भएपनि सत्ता गठबन्धनमा आएको परिवर्तनले बजेटसँग आश्रित तीन विधेयक भने अस्वीकृत भएका थिए । सरकारले बाँकी दुई विधेयक पनि संसदमा लाने निर्णय गरेको छ । सरकारले अर्थमन्त्रालयका प्रमुख सल्लाहकारमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई र विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, आयोगमा विश्वविद्यालयका उपकुलपतिबाट प्रतिनिधित्व हुने पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिएका हुन् । रासस

BICC Srendra Kumar Karki

विशेष