उत्तर कोरियाका सैनिक जवान सीमा क्षेत्र पार गर्दै दक्षिण कोरियामा

असोज–१३ । बुधबार उत्तर कोरियाका एक सैनिक जवान सीमा क्षेत्र पार गर्दै दक्षिण कोरिया घुसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
दुई देशबीचको सीमा क्षेत्र संसारकै सबैभन्दा कडा सुरक्षा भएको मानिन्छ । यही क्षेत्रमा रातिको १ बजे तिर जवान प्रवेश गरेको बताइएको छ ।
दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिक जवान दक्षिण कोरिया छिरेको पुष्टी गरेको हाे।
ती सैनिकले सीमा क्षेत्र पार गर्दा दुई देशका सेनाबीच कुनै गोलाबारी भएन र ती सैनिकलाई सोधपुछ गरेर हिरासतमा राखिएको दक्षिण कोरियाली सेनाले बताएको छ ।
army
north Korea
South Korea
