गोरखामा जिप दुर्घटना, १ को मृत्यु

असोज - १३ । बक्राङ गाविस–८ ठुलो दिप्लिङको जलविरे जंगलमा बिहीबार बा ९ च ७५४९ नम्बरको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
दुर्घटनामा बक्राङ–८ का २७ वर्षिय मेघबहादुर गुरुङको मृत्यु भएको हो । चालक ताप्ले गाविसका भुवनबहादुर गुरुङ भने सामान्य घाइते छन् ।
बक्राङबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको जीप ब्रेक फेल भएर कच्ची सडकबाट १० फिट तल जंगलमा खसेको घटनास्थल पुगेका ट्राफिक प्रहरी दुर्गाप्रसाद बञ्जाडेले जानकारी दिए ।
Accident
Gorkha
jeep
