विचित्र विश्व News

कपिलवस्तुमा दुईवटा टाउको भएको शिशुको जन्म (फाेटाे फिचर)

कपिलवस्तुमा दुईवटा टाउको भएको शिशुको जन्म (फाेटाे फिचर)

कपिलवस्तु । कपिलवस्तुमा एक महिलाले दुईवटा टाउको भएको शिशुलाई जन्म दिएकी छिन् । जिल्लाको गणेशपुर ८, दत्तपुरका जाबेद पठानकी  ३५ वर्षीय श्रीमती सुबिया पठानले यस्तो विचित्र शिशु जन्माएकी हुन् । tauko बुधबार बिहान ६ बजे जन्मेको शिशुको दुईवटा टाउका छन् । एउटा सानो  र अर्को त्योभन्दा अलि ठूलो छ । सानो टाउकोमा आँखा, नाक, कान र मुख पूर्ण रुपमा विकास भएको छ । तर, ठूलो टाउकोमा आकृति मात्र बनेको छ ।  महिलाले चौथो शिशुको रुपमा दुई टाउका भएको छोरीको जन्म दिएकी हुन् । शिशु स्वस्थ रहेको र दूधसमेत खाने गरेको स्थानीय दिनेश चौधरीले जानकारी दिए । महिला शारीरिक रुपमा निकै कमजोर भएको साथै दुई तीन घण्टामा बेहोस् हुँदै आएको श्रीमान् जाबेद पठानले जनाए । उपचार गर्न आर्थिक अभावले घरमै राखिएको उनले बताए । tauko3 विचित्रको शिशु जन्मेपछि शिशु हेर्न दिनभर भीडभाड बढेको दिनेश चौधरीले बताएका हुन् । महिलाको उपचारका लागि स्थानीयले सकेको आर्थिक सहयोग समेत गरेका छन् । नवशिशुसहित महिला एक छोरा र तीन छोरीको आमा बनेकी छन् ।

kapilvastu

विशेष