दराजमा लागुऔषध भएको औषधि विभागले स्वीकार्यो

असोज – १३ । औषधि व्यवस्था विभागको दराजमा लागुऔषधि भएको विभागले स्वीकार गरेको छ ।
विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न कम्पनीले खोलेका दराजमा विभागले निगरानी नगर्दा लागुऔषध भेटिएको बताएको छ । यस्तो कार्यमा कुनै विभागका कर्मचारीको संलग्ना नरहेको समेत विभागको दाबी छ ।
मंगलबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पानस फर्मास्युटिल्कका अफिसर सुनिल गुप्तालाई पक्राउ गरी विभागमा कम्पनीको नाममा रहेको दराजमा छापा मार्दा २२ ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
विभागमा विभिन्न कम्पनीले आफ्नो कागजपत्र राख्न दराजको सुविधा लिने गरेका छन् ।
ausadhi bibhag
laguausad
Pakrau
