News

पूर्व गृहमन्त्रीको खोजीमा देखियो बिजोग, क्रेन नहुँदा गाडी निकाल्न सकिएन

पूर्व गृहमन्त्रीको खोजीमा देखियो बिजोग, क्रेन नहुँदा गाडी निकाल्न सकिएन
असोज – १३ । पूर्वगृहमन्त्री वेपत्ता भएको नदी क्षेत्रमा भेटिएको गाडी क्रेन नहुँदा निकाल्न सकिएको छैन् । बिहान पानीभित्र गाडी फेला परेपनि सो गाडी घिमिरेको हो वा पहिले नै बेपत्ता भएको चाहीँ हो भन्ने एकीन छैन । गाडी फेला पारेको घण्टौंसम्म पनि क्रेनको अभावमा गाडी तान्न नसक्नुलाई आश्चर्य मानिएको छ । madav-ghimire चिनतवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले मस्र्याङदी जलविद्युत परियोजनाको क्रेन झिकाउने तयारी भइरहेको जानकारी दिएका छन् । 'आर्मीको क्रेनले नभएपछि मस्र्याङ्दीबाट क्रेन मगाउने कुरा भएको छ ।' उनले नेपाल आजसँग कुरा गर्दै भने, 'क्रेन ल्याएर गाडी निकालेपछि त्यो गाडी घिमिरेको हो वा होइन भन्ने यकिन हुने छ ।' गृहमन्त्री बिमलेन्द्र निधिले मंगलबार दुर्घटना स्थलको निररिक्षण गरी पूर्ण शक्तिका साथ खोजी गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सो ठाऊँमा पहिले पनि ट्रक बेपत्ता भएको थियो । उक्त ट्रक फेला पार्न सकिएको छैन । मुग्लिनबाट काठमाडौं जाँदै गरेको पूर्व गृहमन्त्री चढेकाे बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल झरेकाे थियो । जीपमा यात्रा गरिरहेका ७ जना मध्ये लक्ष्मी घिमिरे, सप्रनानि रामचन्द कार्की, नारायण काफ्लेसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । चालक सप्र हवाल्दार विष्णु राई गम्भीर घाइते भई उपचारार्थ अस्पतालमा छन् । पूर्व गृहमन्त्रीलगायत ३ जनाको अवस्था भने अज्ञात रहेको छ । स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट खोजी कार्य भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

र यो पनि,

त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजी यसरी भइरहेको छ

madab ghimire road accident treesuli river

विशेष