News

परिणाममूखी संरचना बनाएर काम प्रधानमन्त्री प्रचण्डको निर्देशन

परिणाममूखी संरचना बनाएर काम प्रधानमन्त्री प्रचण्डको निर्देशन
असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका संरचनाहरु प्रक्रियामूखी नभएर परिणाममूखी हुनुपर्ने भन्दै परिणाममूखी संरचना बनाएर काम गर्नुपर्ने बताएका छन् । pm-pushpa-kamal-dahal-prachanda बिहीबार साँझ सिन्धुली जिल्लाको सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा बोल्दै प्रधानमन्त्रीले भने, ‘राज्यका संरचना प्रक्रियाका लागि नभएर परिणाम निकाल्नका लागि बनाउनुपर्छ । हाम्रा कतिपय संरचना प्रक्रियामूखी त छन् । तर, परिणाममूखी हुन सकेका छैनन् । भूकम्पको राहत र पूनर्निर्माणका लागि बनाइएका कतिपय संरचना त्यस्तै प्रकृतिका छन् । निर्देशक समितिको बैठकले त्यस्ता संरचनामा परिमार्जन गर्ने निर्णय गरेको छ । हामीले परिणाममूखी संरचना बनाएर कामलाई गति दिनुपर्छ ।’ प्रधानमन्त्रीले भूकम्पको पूनर्निर्माणका लागि क्षेत्रीय स्तरमा सहसचिवको नेतृत्वमा बनाइएको संरचना कामयावी हुन नसकेको बताएका छन् । निर्देशक समितिको बैठकले त्यसलाई परिमार्जन गरेर जिल्ला तहमा जनप्रतिनिधि र दलका प्रतिनिधिहरु समेत रहने जिल्ला समन्वय समिति र त्यसको सचिवालय बनाएर कामलाई द्रुत गतिमा अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए । प्रधानमन्त्रीले प्रक्रियागत समस्याका कारण अनुदान नपाएका र सूचीकृत हुन छुटेका भूकम्प पीडितका लागि छिटै विशेष व्यवस्था गरेर समाधान खोजिने जानकारी दिए । माओवादी केन्द्रका नेता हरिबोल गजुरेल लगायत सिन्धुलीका प्रमूख दलका प्रतिनिधि सम्मिलित प्रतिनिधि मण्डलले सुकुम्बासी बस्तीमा रहेका भूकम्प पीडितले अनुदानको किस्ता नपाएको, पूर्ण क्षतिग्रस्त घरहरु पनि सुचिकरणमा छुटेको, सरकारको अनुदान पूर्व नै बनाइएका घरहरुलाई पनि राहतको व्यवस्था गर्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

pm ppushpa kamal dahal prachanda

विशेष