रोजगार News

औद्योगिक प्रतिष्ठानमा कर्मचारी हड्तालमा उत्रिए तलब नपाउने

औद्योगिक प्रतिष्ठानमा कर्मचारी हड्तालमा उत्रिए तलब नपाउने

no-work-and-no-pay असोज १४ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब ‘नो वर्क नो पे’ को व्यवस्था लागू हुने भएको छ ।

‘नो वर्क नो पे’ प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै लागू हुन्छ । नयाँ व्यवस्था अनुसार राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाई प्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलव नपाउने भएका हुन् ।

व्यवसायीले लामो सयमदेखि माग गर्दै आएको यो व्यवस्था राजनीतिक दलहरुको असहमतिले रोकिँदै आएको थियो ।

No work No pay

विशेष