प्रमाण थिएन भने अख्तियारले मुद्दा किन दायर गर्यो ? दुःख दिन ?
असोज १४ । विशेष अदालतले प्रमाणबिनै भ्रष्टाचार मुद्दा दायर भएको ठहर गर्दै देवदह मेडिकल कलेजको सिट निर्धारण प्रकरणमा सबै आरोपितलाई सफाई दिएको छ । वस्तुनिष्ठ प्रमाण नभेटिएको र झिनामसिना विषयवस्तुका आधारमा मुद्दा दायर गर्दैमा कसुर स्थापित हुन नसक्ने भन्दै विशेष अदालतले सबै जनालाई सफाइ दिएको हो । विशेष अदालतले देवदह मेडिकल कलेजको सिट निर्धारण मुद्दाको फैसलाको क्रममा तयार पारेको पूर्णपाठमा आरोपितहरुको बदनियत रहेको दिए÷ लिए÷ खाएको भन्ने पुष्टि नभएको र बदनियतको अभावमा भ्रष्टाचारजन्य कसुर कायम गर्न नमिल्ने सिद्धान्तसमेत पं्रंतिपादित भएको भनिएको छ । ‘मिसिलबाट दाबी पुष्टि नहुनुका साथै आरोपित कसुरदार रहेछन भनी मान्न सकिने अवस्था समेत नभएकोले प्रतिवादीहरुको काम भ्रष्टाचारजन्य भनी भन्न मिलेन’ अख्तियारद्वारा जारी मुद्धाका सम्बन्धमा विशेषको फैलाको पूर्णपाठमा यस्तो लेखिएको छ । –कान्तिपुर दैनिकबाट