ताजा खबर विदेश News

तामिल बोल्ने बाघलाई राजस्थान ल्याइएपछि समस्या

तामिल बोल्ने बाघलाई राजस्थान ल्याइएपछि समस्या
white-tigger असोज १४ । तमिलनाडुबाट राजस्थानको उदयपुर ल्याइएको सेतो बाघलाई स्याहार्न चिडियाखानाका कर्मचारीलाई गाह्रो परिरहेको भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । बाघले तमिल भाषा मात्र बुझ्ने भएकाले राजस्थानको मेवाडी भाषामा बोल्दा पटक्कै नटेर्ने भएकाले उनीहरूलाई समस्या परेको हो । पाँच वर्षीय भाले बाघलाई चेन्नईको आन्ना चिडियाखानाबाट राजस्थानको उदयपुर ल्याइएको थियो । राजस्थानबाट एक जोडी ब्वाँसो लगिएर यो बाघ ल्याइएको थियो । केन्द्रीय चिडियाखाना प्राधिकरणले यो साटासाटलाई मान्यता दिएको थियो । तर भाषाको समस्या आइपर्ला भन्ने अधिकारीहरूले पूर्वानुमान गर्न सकेनन् । ‘कि त बाघलाई मेवाडी भाषा सिकाउनुपर्यो कि स्याहार गर्नेहरूले तमिल भाषा सिक्नुपर्यो,’ चिडियाखानाका कर्मचारीले बताए । राजस्थानको चिडियाखानाले तमिल सुसारे पठाउन आग्रह गरेको छ । उदयपुरको वन विभागको एक टोली चेन्नई पुगेर बाघले बुझ्ने भाषिका बोल्ने सुसारे ल्याउने प्रयास गरिरहेको छ । रामा नाम गरेको यो बाघ अन्ना चिडियाखानामा सन् २०११ मा जन्मेको थियो र यसले तमिल भाषा मात्र बुझ्छ ।

White Tiger

विशेष