ताजा खबर राजनीति News

प्रत्यक्षदर्शी सांसदको बयान: यसरी भेटे प्रधानमन्त्रीले रेशम चौधरीलाई

प्रत्यक्षदर्शी सांसदको बयान: यसरी भेटे प्रधानमन्त्रीले रेशम चौधरीलाई

puspa-kamal-dahal-resham-chaudhary

असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको राजकीय भ्रमणका क्रममा कैलाली नरसंहारका फरार अभियुक्त रेशम चौधरीलाई भेटेको पुष्टि भएको छ ।  संसदको विशेष समयमा शुक्रबार बोल्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले प्रधानमन्त्री दाहालले नयाँ दिल्लीको ताज होटलमा भएको उक्त भेट नियोजित नभएको बताएका हुन् । उनी दाहालको भ्रमणटोलीका सदस्य थिए ।

ताज मल होटलमा भएको कार्यक्रममा सुरक्षा निकायले कसैलाई पस्न दिएको थिएन । पछि डिनरका बेला थारु आन्दोनलको पक्षमा उभिने सांसदहरु आएका छन् भनेर उनी हामीलाई भेट्न आएका थिए,’ उनले भने– ‘एक जना नेपालीका नाताले प्रधानमन्त्रीलाई देख्ने वित्तिकै उठेर अभिवादन गर्नु स्वभाविक हो । यसलाई अतिरञ्जित व्याख्या गरियो ।’

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले प्रधानमन्त्री दाहालले राजकीय भ्रमणका बेला कैलाली घटनाका एक फरार अभियुक्तलाई भेटेको विषयलाई तिब्र ओलोचना गरेका थिए ।

त्यस विषयमा प्रधानमनन्त्री र उनको दलले जवाफ नदिदै चौधरीले उक्त भेटघाटको बचाउ गरेका हुन् । ‘आफ्नो आङको भैसी नदेखेर अर्काको जुम्रा देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने– ‘थरुहट आन्दोलनका एक संयोजकलाई मन्त्री वनाउन हुने, त्यही आन्दोलनको अर्को एक व्यक्तिलाई भारतमा भेट्न नहुने ?’

Resham Chaudhary

विशेष