मोटरसाइकल दुर्घटना, २ घाइते

असोज १४ । भक्तपुरको राधेराधेमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजना घाइते भएका छन् ।
राधे राधे चोक सडकखण्डमा सल्लाघारीबाट ठिमीतर्फ जाँदै गरेको अलफाबेट नखुलेको २५४० नम्बरको रातो सि.बी.जेड मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको बा ६९ प ४१५३ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिँदा भएको दुर्घटनामा परि भक्तपुर सिर्जना नगर बस्ने १९ वर्षीय चालक शुशिल दाहाल र सोहि मोटरसाइकलमा सवार १७ वर्षीय प्रतिक दवाडी रहेका छन् ।
घाइते दुवैको मध्यपुर ठिमी अस्पताल पठइएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।
Bhaktapur
motarcycle durghatana
road accident
