'राजनीतिक दबाबमा परेर प्रहरीले काम गर्दैन' -महानिरीक्षक अर्याल

असोज १४ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा परेर प्रहरीले काम नगर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार आयोजना गरेको शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा उनले भने, 'दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नेछ ।'
महानिरीक्षक अर्यालले राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्नेमा जोड दिएका छन् ।
कञ्चनपुर लगायत सिमाको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने प्रतिबद्धता जनाउँदै अपराध नियन्त्रणमा सक्रिय भएर लाग्ने बताएका हुन् ।
rajnitik dababma praharile kam gardaina
Upendra Kanta Aryal
