News

हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन कांग्रेस सांसदको माग

हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन कांग्रेस सांसदको माग
असोज  - १४ । सत्तारुढ दल नेपाली कांग्रेसका एक सांसद्ले व्यवस्थापिका संसद्को बैठकमार्फत हिन्दीलाई राष्ट्र भाषा बनाउन माग गरेका छन् । samsad शुक्रबार बसेको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद् देवनारायण कलावरले ‘नेपाल अधिकांश जनताले बोल्ने’ हिन्दीलाई राष्ट्र भाषा बनाउन माग गरे । ‘नेपालका अधिकांश जनताले हिन्दी भाषा बोल्नछ् र बुझ्छन्’, उनले भने, ‘त्यसैले हिन्दीलाई राष्ट्र भाषा बनाउन संविधान संशोधन गर्नु जरुरी छ ।सांसद कलावरले नेपालका ५० प्रतिशत बासिन्दाले हिन्दी बोल्ने र ८० प्रतिशतले बुझ्ने जिकिर गर्दै हिन्दीलाई राष्ट्र भाषा बनाउन संसद्मै माग गरे । यसअघि उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले हिन्दीलाई राष्ट्र भाषा बनाउनुपर्ने बताएपछि चर्को आलोचना भएको थियो । नागरिकबाट चर्को आलोचना भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले हिन्दीलाई राष्ट्र भाषा बनाउने सरकारको कुनै योजना र नीति नभएको स्पष्टिकरण दिएका थिए ।

bhasa nepali bhasa lai hindi banauna maag Nepali Congress

विशेष