News

पत्रकारलाई काँग्रेस नेता पौडेलले यस्ताे दिए सुझाव

पत्रकारलाई काँग्रेस नेता पौडेलले यस्ताे दिए सुझाव
असाेज १४ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई सुझाव दिएका छन्। ramchandra_paudel विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए। “संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु,”–वरिष्ठ नेता पौडेलले भने। पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको जानकारी दिए। “लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु। तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्,” पत्रकारलाई लक्षित गर्दै उनले भने। विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो। रासस

Nepali Congress patrakarlai neta paudel ko sujhab Ramchandra poudel

विशेष