News

सभामुख घर्तीद्वारा सभापति बराललाई शपथ

सभामुख घर्तीद्वारा सभापति बराललाई शपथ
असोज - १४ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई पद तथा गोपनीयताको शपथ गराइन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिएका हुन् । mohan_prasad_baral नेकपा (माओवादी केन्द्र)का सचेतक सीता नेपाली प्रस्तावक र नेकपा (एमाले)का काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिएका उनी बिहीबार निर्विरोध सभापति पदमा चयन भएका हुन् । नेपाली काँग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नं २ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका सभापति बराल यसअघि अर्थसमितिको सदस्य थिए । सिन्धुलीको रानीवास स्थायी घर भएका बरालले २०३९ सालबाट राजनीति यात्रा आरम्भ गरेका थिए । उनले लामो समयसम्म प्राध्यापन गराए । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय हुँदा पटक पटक गरी उनी एक वर्ष जेल जीवन बिताए । यसअघि उक्त समितिको सभापतिको जिम्मेवारी गगनकुमार थापाले वर्तमान मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्रीभएसगै सभापति पद रिक्त भएको थियो । नव निर्वाचित सभापति वरालले आजै सिंहदरवारस्थित समितिको सचिवालयमा आफ्नो पदभार समालेका छन् ।रासस

Moahan Prasad Baral

विशेष