News

चाडपर्वको बेला अपराध रोक्न विशेष सुरक्षा अपनाइने

चाडपर्वको बेला अपराध रोक्न विशेष सुरक्षा अपनाइने
असोज–१४ । चाडपर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौँ प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । nepal_police_on_duty_at_fulpati_2013_at_kathmandu_durbar_square_nepalआउँदै गरेको दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको ३ तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, सादा पोषाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन हुने छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं परीसर प्रमुख एसएसपी विक्रम थापाले चाडवाडको समयमा काठमाडौं छाड्ने मानिसहरुलाई सुरक्षाको चिन्ता हुने भएकाले काठमाडौं जिल्लामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए । साथै थापाले ३३५ स्थानमा सीसीटिभी जडान गरिएको पनि जानकारी दिएका छन् । प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिनेछ । एसएसपी थापाका अनुसार प्रत्येक वृत्तबाट १० देखि १५ मोटरसाइकल र भित्री गल्लीका लागि ३ देखि ५ साइकलले गस्ती गरिनेछ । टेकुस्थित काठमाडौं परिषरको कार्यालयबाट आजै २१० मोटरसाइकल र ८६ साइकललाई दशैंका लागि परिचालनसमेत गरिसकिएको छ । यसका साथै काठमाडौं छिर्ने सीमा नाकाको अपराधिक गतिविधि बढी हुने सम्भावित क्षेत्रमा तालिमप्राप्त कुकुरहरुपनि परिचालन गरिनेछ । जघन्य अपराध तथा चोरी पत्ता लगाउने, लागूऔषध र बिष्फोटक पदार्थ पत्ता लगाउने गरी तीन प्रकारका विशेष तालिमप्राप्त कुकुरहरु काठमाडौंमा परिचालित छन् ।

chadparbalai bises surakshya Nepal Police

विशेष