सडक दुर्घटनामा महिलाको मृत्यु

असोज –१ ४ । विराटनगरको एक व्यस्त सडकमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।
कोशी लोकमार्ग अन्तरगत विराटनगरको मुनापथको व्यस्त सडकमा मोटरसाईकलमा सवार कोशीहरैचा नगरपालिका –३ बस्ने शुक्र बस्नेत र उनकी श्रीमति ३५ वर्षीय मनिषा बस्नेतलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
वडा प्रहरी कार्यलय विराटनगरका अनुसार दुर्घटनामा परि शुक्र बस्नेत गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । मोटरसाईकल र ठक्कर दिने ट्रकको नम्बर सार्वजनिक गरिएकाे छैन् ।
चालक र ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
Accident
Biratnagar
mahilako mirtue
