सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरे कडा कारबाही (विज्ञप्तिसहित)
असोज–१४ । नेपाल प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ । यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ ।
यसै सन्दर्भमा अपराध अनुसन्धान विभागले भनेको छ,‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच र्पुयाउने खालका कमेन्ट कोही कसैबाट नगर्न र नगराउन अनुरोध गर्छौं ।’
Nepal Police
Samajik Sanjal Ma apasabda bolda karbahi