News

पूर्वगृह मन्त्री घिमिरेको अन्त्यष्टी

पूर्वगृह मन्त्री घिमिरेको अन्त्यष्टी
असोज -१४ । छ दिनअघि सवारी दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका पूर्वगृह मन्त्री तथा पूर्वमुख्य सचिव माधव घिमिरेसहित उनका दुई भाइको कुशको शव बनाएर शुक्रबार पशुपति अार्यघाटमा अन्त्यष्टी गरिएको छ । madhav-ghimire गत आइतबार अपरान्ह पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभिरबाट गाडी खसेर बेपत्ता भएका घिमिरेसहित भाइहरु मोहन र प्रकाशको खोजी गर्दा पनि नभेटिएपछि कुशको शव बनाएर अन्त्यष्टी गरिएको हो । घिमिरेलाई अन्तिम् श्रद्धाञ्जली दिन गृहमन्त्री बिमलेन्द्र निधिलगायतका अधिकारीहरु आर्यघाट पुगेका थिए । सात जना सवार बा९च १५३१ नम्बरको गाडी गत आइतबार अपरान्ह त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु, ३ बेपत्ता र एकको जीउँदै उद्दार गरिएको थियो । घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो भने गाडीका चालक विष्णु राईको जीवितै उद्दार गरिएको र उपचार गराइरहेका छन् । घिमिरेका एक छाेरा र एक छाेरी रहेका छन् ।

►पूर्वमन्त्री घिमिरेको जिप नभेटिनुको कारण यस्तो छ (फोटो फिचरसहित)

►त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजी यसरी भइरहेको छ

 

Madhab Prasad Ghimire Madhab prasad ghimireko antyesti Mitue

विशेष