News

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री निधिको निर्देशन

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री निधिको निर्देशन
असोज – १४ । निर्वाचन गराउनु वर्तमान सरकारको प्राथमिकतामा रहेकोले त्यसका लागि सम्पूर्ण सुरक्षा तथा आन्तरिक तयारी गर्न सशस्त्र प्रहरीलाई उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले निर्देशन दिएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरिक्षणपछि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । [caption id="attachment_30569" align="alignnone" width="960"]bimalendra-nidi तस्बिरः एपीएफ[/caption] मन्त्री निधिले देशका थुप्रै ठाउँहरुबाट सशस्त्र प्रहरी बलको युनिट स्थापनाका लागि माग भइरहेको बताउँदै, यो नेपाली जनताको सशस्त्र प्रहरी बलप्रतिको विश्वास रहेको उल्लेख गरे । उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले गरेको कार्यको प्रसंसा गर्दै त्यसका लागि श्रोतसाधनको उचित व्यवस्थापन गर्न र समयानुकुल परिमार्जन गर्दै लैजान नेपाल सरकार सकारात्मक रहेको कुरा समेत उल्लेख गरे । गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो कामकारवाहीमा अब्बल र अझ व्यावसायीक ढंगले लागिरहन निर्देशन दिए । उनले भने–‘जनता र राष्ट्रको लागि सशस्त्र प्रहरी बल जुन ढंगले कृयाशिल छ त्यसको म मुक्त कण्ठले प्रसंसा गर्दछु ।’ सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राज्य प्रदत्त जिम्मेवारी कूशलतापूर्वक पूरा गरिरहने प्रतिवद्धता व्यक्त गरे । उहाँले भन्नुभयो–‘नेपाल र नेपालीका लागि जस्तोसुकै कठिन अवस्थामा पनि शान्ति सुरक्षा प्रदान गर्न अघि बढ्नेछौं ।’ उनले राज्यले सुम्पिएको दायित्व निर्वाहमा सशस्त्र प्रहरी बल कूशलतापूर्वक क्रियाशील रहेको बताए । आगामी दिनहरुमा समेत सेवा र सुरक्षाप्रति समर्पित रहने उल्लेख गरे । कार्यक्रममा हाल देशभर ५८ जिल्लामा सशस्त्र प्रहरी बलका युनिट स्थापना भएको र हाल देशका विभिन्न १ सय ५४ ठाउँमा सशस्त्र प्रहरी बलको युनिट राख्न माग भएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।

APF bimalendra nidi

विशेष