विदेश

'३० लाख मानिसको हत्या गर्न इच्छुक छु' - फिलिपिन्सका राष्ट्रपति डुटर्टी

'३० लाख मानिसको हत्या गर्न इच्छुक छु' - फिलिपिन्सका राष्ट्रपति डुटर्टी
असोज १४ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले आफुलाई तत्कालिन जर्मन तानासाही हिटलरसँग तुलना गर्दै आफु लागुऔषधमा लागेका ३० लाख मानिसको हत्या गर्न इच्छुक रहेको बताएका छन् । rodrigoशुक्रबार राष्ट्रपति डुटर्टीले आफुलाई हिटलरसँग तुलना गर्दे हिटलरले यहुदीहरुको हत्या गरेझैं आफुले पनि लाखौं लागुऔंषध सेवन गर्नेहरुको हत्या गर्ने बताएका छन् । डबाव सहरस्थित आफ्नो गाउँमा दिएको भाषणमा डुटर्टीले हिटलरले ३० लाख यहुदीहरुको हत्या गरेको कुरालाई जोड्दै फिलिपिन्समा पनि ३० लाख मानिस लागुऔंषधमा फसेको बताए । डुटर्टीले भने, ‘म ती लागुऔंषधमा लागेकाहरुको हत्या गर्न खुशी हुनेछु । कम्तिमा जर्मनीमा हिटलर थियो र फिलिपिन्समा म छु’ । म तिनीहरु सबैलाई अपराधी भन्न चाहान्छु र आगामी पुस्तालाई नर्कवासबाट जोगाउन तिनीहरु सबैको विनाश गर्न चाहान्छु’ । विवादस्पद नेता डुटर्टीले अपराध र लागुऔषदविरुद्धको अभियान चलाउँदै आएका छन् । यद्धपि बेलाबखत डुटर्टीले दिएको कडा बयानले केही अन्तर्रा्ष्ट्रिय समुदाय समेत पछि हट्न बाध्य भएका छन् । - एजेन्सी

Death philipins Rodrigo duterti

विशेष