News

ग्यास सिलिन्डर ’सिलिन्डर बम’ बन्दै

ग्यास सिलिन्डर ’सिलिन्डर बम’ बन्दै
cillinder असार - ४ । नियमनकारी निकाय र उत्पादनकर्ता उद्योगीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता सिलिन्डर पड्किने दोहोरिरहेका छन् । यसमा उपभोक्ताको लापरबाही पनि कारक छ । सहरिया भान्छाकोठामा खाना पकाउने एकमात्र विकल्प ग्यास सिलिन्डर यतिखेर ’सिलिन्डर बम’ मा रूपान्तरित हुँदै गएको छ । सानो असावधानीले कति बेला कसको भान्छाकोठामा सिलिन्डर बम पड्किने हो र कसको ज्यान जाने हो भन्ने विषयमा न उद्योगी जिम्मेवारी लिन चाहन्छन् न त राज्य नै कडाइका साथ कारबाही गर्न चाहन्छ । यसले गर्दा यस्तो घटना दिनानुदिन बढ्दो क्रममा छ । यस्ता घटना दोहोरिनुमा जति उद्योगी जिम्मेवार छन्, त्योभन्दा बढी राज्य पनि दोषी देखिएको छ। राज्यले गल्ती गरेको थाहा हुँदाहुँदै पनि उद्योगीमाथि कारबाही गर्न नसक्दा यस्ता घटना दोहोरिरहेका छन्।आम उपभोक्ताप्रति उद्योगी जिम्मेवार छैनन् भनेर स्वयं आपूर्तिमन्त्री गणेशमान पुनलाई पनि जानकारी छ । आफ्नै आँखाले उद्योगीले सिलिन्डर उत्पादन गर्ने क्रममा गरेको फट्याइँ देखे पनि त्यस्ता उद्योगीमाथि उनले आजसम्म कारबाही गर्न सकेका छैनन्।मन्त्री पुनले फागुन १२ गते गुणस्तरहीन सिलिन्डर उत्पादन गर्ने उद्योगीमाथि कडा कारबाही गर्ने आश्वासन दिए पनि हालसम्म कारबाही भएको छैन । फागुन १२ गते मन्त्री पुनले प्राविधिक टोलीसहित नौबिसे १ स्थित सिद्धार्थ ग्यास उद्योग, एचपी ग्यास उद्योग र सुगम ग्यास उद्योगको अनुगमन गरेका थिए। अनुगमनका क्रममा मन्त्री पुनले सिद्धार्थ ग्यास उद्योगमा २१ वर्ष पुरानो, कच्याककुचुक परेको र लिक भइरहेको सिलिन्डर फेलापारेका थिए । मुलुकभरका सम्पूर्ण उद्योगीले पीडीओ नबुझ्ने चेतावनी एचपी ब्रान्डको ग्यास पड्केर भएको घटनाको केही दिनपछि आपूर्ति मन्त्रालयअन्तर्गतको उपभोक्ता संरक्षण परिषद्ले उक्त उद्योगको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) रोक्ने निर्णयसँगै ग्यास उद्योगीले ग्यास उद्योग बन्द गर्ने चेतावनी सरकारलाई दिएका छन् । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । एचपी उद्योगका हकमा पीडीओ बन्द गर्ने परिषद्को निर्णय पाँच दिनभित्र फिर्ता नलिए मुलुकभरका सम्पूर्ण उद्योगीले नेपाल आयल निगमसँग पीडीओ नबुझ्ने चेतावनी दिएका छन् । उद्योगीले पीडीओ नबुझे देशभर नै ग्यास उद्योगको सिलिन्डर उत्पादन गर्ने काम स्वतः ठप्प हुन्छ । अाजकाे अन्नपूर्णबाट

cylinder bum

विशेष