इस्तानबुलमा आक्रमण, ३५ जनाको मृत्यु

पुस १७ । टर्कीको इस्तानबुलमा आक्रमण हुँदा कम्तिमा पनि ३५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । सयौंले भागेर ज्यान जोगाएका छन् ।
सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेइना नाइट क्लबमा आक्रमण गरेको बिबिसीले जनाएको छ । इस्तानबुलमा आक्रमणको उच्च खतरा रहेको भन्दै १७ हजार प्रहरी खटाइएको थियो ।
Turkey
