विदेश News

सन् २०१६ मा ९३ काे हत्या सहित १ सय २२ पत्रकारकाे मृत्यु

सन् २०१६ मा ९३ काे हत्या सहित १ सय २२ पत्रकारकाे मृत्यु
पुस–१७ । सन् २०१६ मा १ सय २२ पत्रकारको मृत्यु भएको छ । इन्टरनेशनल फेडेरेशन अफ जर्नालिष्ट (आइएफजे) ले निकालेको रिपोर्ट अनुसार ९३ पत्रकार विभिन्न स्थानमा भएको हत्या तथा बम विष्फोटमा मारिएका छन् । त्यस्तै दुर्घटनामा परि २९ पत्रकारको निधन भएको छ । सबैभन्दा धेरै पत्रकार इराकमा मारिएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । (आइएफजे) अनुसार इराकमा सबैभन्दा धेरै १५ पत्रकारको हत्या भएको छ । त्यस्तै अफगानिस्तानमा ११ तथा टर्कीमा ११ पत्रकारको हत्या भएको छ । यो वर्ष पत्रकारको हत्या अघिल्लो वर्षको भन्दा घटेको जनाएको छ । सन् २०१५ मा १ सय १३ पत्रकारको हत्या भएको थियो र यो वर्ष ९३ को हत्या भएको रिपोर्टले जनाएको छ । (आइएफजे)को रिपोर्टमा यो वर्ष २३ देशमा पत्रकारको हत्या भएको पनि उल्लेख गरिएको छ ।

इन्टरनेशनल फेडेरेशन अफ जर्नालिष्ट पत्रकार

विशेष