विदेश

रात्रि क्लवमा भएको आक्रमणमा परी टर्कीमा ३९ जनाको मृत्यु

रात्रि क्लवमा भएको आक्रमणमा परी टर्कीमा ३९ जनाको मृत्यु
पुस–१७ । टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँबर्ष मनाउदै रमाइलो गरिरहेका व्यक्तिहरुबीच भएको गोली हानाहानमा परी ३९ जनाको मृत्यु भएको छ । यस घटनामा मारिएका मध्ये १६ जना विदेशी नागरिक रहेका प्रहरीले जानकारी दिएको छ । आक्रमणकारीले एक प्रहरी र सर्वसाधारणलाई प्रवेशद्धारमा नै गोली हानेर मारेका थिए । त्यसपछि ‘रिना’ नामक यस विशिष्ट रात्रिक्लवमा आक्रमणकारी पसेर गोली प्रंहार सुरु गरेका बताइएको छ । गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तिव्र पारिएको र चाडै नै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेका छन् । उनले घटनामा परी मृत्यु भएका मध्ये २१ जनाको पहिचान खुलेकामा १६ जना विदेशी र पाँच जना टर्कीका रहेको जानकारी दिएका छन् । यस आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको छ । “ती हत्यारा निकै निर्दयी र निक्रिष्टखालका रहेछन्, जसले केवल नयाँ वर्ष मनाउन आएका निर्दोष व्यक्तिहरुको हत्या गरेका छन्,” इस्तानवुलका गर्भनर भासिप सहीनले भने । जोडाङ समाचार समितिले गोली हान्ने दुईजना ‘सान्त क्लस’को पोशाकमा रहेका जनाएको छ । यद्यपी यसको पुष्टी हुन भने बाँकी नै रहेको छ । टेलिभिजनले देखाएका घटनास्थलका दृश्यमा महिलाहरुले ‘पार्टी ड्रेस’ लगाएको र पुरुषले कोट लगाएको देखिएको छ । स्थानीय समयानुसार आइतबार बिहान सवा एक बजे आक्रमण सुरु भएको सहीनले जानकारी दिए । रासस-एएफपी

टर्की

विशेष