रक्सी पिएर विमान उडाउन लागेका पाइलट पक्राउ

पुस–१७ । क्यानाडामा एक पाइलटलाई उडान भर्नु अगाडि ककपिटबाट गिरफ्तार गरिएको छ । उक्त पाइलटले तोकिएको भन्दा धेरै रक्सी पिएको कारण उनलाई पक्राउ गरिएको हो ।
उनी पाइलट रहेको विमानमा १०० यात्रुहरु थिए । उक्त विमान उनलाई पक्राउ गरेपछि अर्को पाइलटबाट मेक्सिको लगियो । स्थानीय समयअनुसार उक्त घटना शनिबार ७ बजे भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
विमानको कार्यकर्ताले उक्त पाइलटले अनौठो व्यहोरा गरेर गएको देखेपछि अधिकारीलाई बताएको र उनलाई विमान उडाउनु अगाडि नै पक्राउ गरेको जनाइएको छ ।
क्यानाडा
पाइलट