News

टर्कीको रात्रिक्लबमा भएको नृशंस आक्रमणको निन्दा

टर्कीको रात्रिक्लबमा भएको नृशंस आक्रमणको निन्दा
पुस–१७ । नेपाल सरकारले टर्कीको इस्तानबुलस्थित रात्रि क्लबमा अार्इतबार भएको नृशंस आक्रमण र त्यसमा परी धैरैको ज्यान गएकोमा कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आर्इतबार एक विज्ञप्ति जारी गरी नेपाल सरकार र नेपाली जनताका तर्फबाट टर्की सरकार र त्यहाँका जनतामा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विज्ञप्तिमा सरकारले आक्रमणमा मारिएकाहरुका परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । रासस

नेपाल सरकार परराष्ट्र मन्त्रालय

विशेष