राजनीति News

प्रचण्ड ओली २ घण्टा गोप्य वार्ता के के भयो कुरा?

प्रचण्ड ओली २ घण्टा गोप्य वार्ता के के भयो कुरा?

पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्यवार्ता भएको छ । गोप्य भनिएको वार्ता सरकारी निवास र नेताको निजी निवासमा नभएर राजधानीकै कै एक व्यापारीको घरमा भएको हो ।

स्रोतका अनुसार ओलीले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयक पास हुनै नसक्ने अडान दोहोर्याएका छन् । ‘संशोधन प्रस्ताव संविधान र राष्ट्रहित विपरित छ’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जबरजस्ती संशोधन प्रस्ताव टेबुल भए पनि त्यो पास हुन सक्दैन र यसमा सहमति हुने सम्भावना पनि छैन् ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले भने संविधान संशोधन प्रस्तावलाई पास गरेर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका छन् । प्रचण्डले मधेसी मोर्चालाई आफूले मनाइसकेको र एमाले सहमतिमा आए सहजै राजनीतिक संकटको निकास निस्कने बताएका थिए । जवाफमा ओलीले भने संशोधन प्रस्ताव नै असंवैधानिक भएको आरोप लगाएपछि वार्ता बिना निष्कर्षमा टुंगिएको हो ।

यता प्रधानमन्त्री निकट स्रोतले भने वार्ता सकारात्मक ढंगले अघि बढेको बताएको छ । यद्यपी आजको वार्ताबाट ठोस निर्णय भने हुन नसकेको स्रोतको दाबी छ ।

वार्तामा प्रधानमन्त्री लचक भएर प्रस्तुत भए पनि ओलीले भने आफ्नो अडानबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । ओलीको यही अडानले महत्वपूर्ण भनिएको गोप्यवार्ता निष्कर्ष बिहिन बनेको हो ।

ओलीले आइतबार नै एक अपील सार्वजनिक गर्दै संशोधन प्रस्तावले देशलाई किस्ताकिस्तामा विभाजन गर्न लागेको भन्दै त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताइसकेका छन् । प्रचण्ड नेतृत्वको सरकारले संसद सचिवालयमा मंसिर १४ गते संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेलगायत विपक्षी दलहरुले मंसिर १५ देखि संसद बैठक अबरुद्ध गर्दै आएका छन्। संसद् अवरुद्ध हुँदा राजनीतिक संकट गहिरिदै गएको छ ।

KP Oli Prachanda

विशेष