विदेश

ओबामाबाट निष्कासित ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

ओबामाबाट निष्कासित ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

पुस १८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित मस्कोका लागि उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै ओबामाले ती कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका थिए ।

राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको जिकीर गरेका थिए ।

ओबामाको यस्तो कदमपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूहरु गैरजिम्मेवार कूटनीतिमा नअल्झने प्रतिक्रिया दिएका थिए ।नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको भनाइको प्रशंसा गर्दै उनी निकै स्मार्ट रहेको बताएका थिए ।

उनले रुसमाथि लगाइएको आरोपको छानबीन गरिने बताएका छन्   ।

Ameria

विशेष