विदेश

केजरिवाल माथी तेस्रो पटक आक्रमण

केजरिवाल माथी तेस्रो पटक आक्रमण

पुस १८ । दिल्लीका मुख्यमन्त्री तथा आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ । हरियाणाको एउटा कार्यक्रमलाई आइतबार सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको हो । उनलाई प्रहार भएको जुत्ता मञ्चको एउटा छेउमा पुगेको थियो ।

विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीनाथि जुत्ता प्रहार भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले जुत्ता प्रहार गरेको केजरिवालले आरोप लगाए ।

‘केही दिनअघि मैले मोदीलाई ‘काँतर प्रधानमन्त्री’ भनेको थिएँ । आज उनका समर्थकले मलाई जुत्ता हानेका छन् । मोदीजी हामी पनि बदला लिन सक्छौँ, तर हाम्रो पार्टीले कहिल्यै पनि भाजपाले जस्तो घटिया राजनीतिलाई प्रश्रय दिँदैन,’ उनले भने ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरेको छ । केजरिवालमाथि जुत्ता प्रहार भएको यो पहिलोपटक भने होइन । गत अप्रिलमा पनि पत्रकार सम्मेलन भइरहेका वेला एक युवकले केजरिवाललाई जुत्ता हानेका थिए । त्यतिवेला केजरिवालले जुत्ता छलेका थिए । डेढ केहीअघि एउटा सार्वजनिक कार्यक्रमका एक सहभागीले केजरिवाललाई मसी छरिदिएका थिए ।

Kejariwal

विशेष