News

संसद् बैठक भाेलीसम्मका लागि स्थगित

संसद् बैठक भाेलीसम्मका लागि स्थगित
पुस – १८ । व्यवस्थापिका संसद्को बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठक विपक्षी दलले अवरोध गरेपछि ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । समयमा सहमति जुटाउने कुनै छलफल नभएकाले सभामुख ओनसरी घर्ती मगरले सूचना टाँसेर बैठक मंगलबार दिउँसो १ बजेसम्का लागि स्थगित गरेकी हुन् । सभामुख घर्ती मगरले मंगलबार संसद बस्नुअघि ११ बजे बस्ने कार्यव्यवस्थासमिति बैठकमा उपस्थिति हुन शीर्ष नेतालाई आग्रह पनि गरेकी छिन् । यसअघि सोमबार विपक्षी दलको विरोधका बाबजुद सुरु भएको बैठकमा मालेकी कमला विश्वकर्माले विपक्षीको तर्फबाट भनाई राखेपछि एमाले लगायत विपक्षी दलले अवरोध गरेका थिए । सत्तारुढ दलले संविधान संशोधन विधेयक अघि बढाउन आग्रह गरेपनि एमालेले भने विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राखेको थियो ।

व्यवस्थापिका–संसद्

विशेष