बग्दादमा कार बम आक्रमण ३२ को मृत्यु
पुस–१८ । इराकको राजधानी बग्दादको छिमेकमापर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा सोमबार एक कार बम विस्फोट हुँदा त्यसमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी र अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।
सो आक्रमणमा मारिए प्रायः व्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको छ । इराकको राजधानी बग्दादको उत्तरपूर्वीको छिमेकमा पर्ने यस इलाकामा आतङ्ककारीले सिया मुसलमान समुदायलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।
यस विस्फोटनपछि बाक्लो धुवाँको मुस्लो आकासमा फैलिएको र घाइतेलाई त्यस इलाकाबाट अस्पतालतर्फ लगिएको एक सामाजिक सञ्जालले देखाएको छ । साेमबार भएको आक्रमणको तत्काल कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि भएका यस प्रकारको आक्रमणमा (इस्लामिक स्टेट) आइएस आतङ्ककारी समूहले जिम्मा लिर्दै आएका हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा भएका दुई विस्फोटनको पनि आइएसले नै दाबी गरेको छ । मध्य बग्दादमा गत शनिबार भएको यस विस्फोटनमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो । रासस–एएफपी
इराक
कार बम