News

नियम विपरीत निर्माण भएका घरको लागत लिने काम स्थगित

नियम विपरीत निर्माण भएका घरको लागत लिने काम स्थगित
पुस–१८ । काठमाडौँ उपत्यकामा नियम विपरीत निर्माण भएका घरको लागत लिने काम तत्कालका लागि स्थगित भएको छ । उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले त्यससम्बन्धी आ–आफ्नो परिषद् बैठकबाट फरक फरक नियम बनाउँदै लागू गरेकाले मन्त्रालयले तत्कालका लागि उक्त निर्णयमा रोक लगाएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । नियम विपरीत निर्माण भएको र त्यसको लागतसमेत नभएका उपत्यकाका धेरै घरको एक महिनादेखि लागत सङ्कलनको कार्य भइरहेको थियो । सबैलाई मिल्ने किसिमको साझा निर्णय पारित भएपछि पुनः उक्त कार्य सञ्चालन हुने मन्त्रालयको भनाइ रहेको महानगरका सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले जानकारी दिए । असन, भोटाहिटी र कान्तिपथ क्षेत्रमा बढी घर नियम विपरीत भएको र ३५ वटै वडामा निर्माण भएका घरमध्ये ८० प्रतिशत घर नियम विपरीत निर्माण भएको हुन सक्ने अनुमान महानगरको छ । नक्सा पास नभएको तर नियम विपरीत निर्माण भएका घरका लागि नक्सा पास गराउन, नक्सा पास भएर पनि सोहीअनुरुप निर्माण नभएकाको तथ्याङ्क राख्न र कति नक्साअनुसार निर्माण भएका छन् भन्ने कुराको जानकारी राख्नका लागि यस्तो अभियान ल्याइएको थियो । नियम विपरीत निर्माण भएको भन्दै एक हजार ८०० घरधनी आफैले निवेदन गरिसकेका थिए । रासस

काठमाडौं नियम

विशेष